Logo

२ नम्बर प्रदेशको चुनावमा हामी परिवर्तनकारी सबै शक्तिसँग तालमेल गर्छौं : शर्मा



काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले २ नम्बर प्रदेशको चुनावमा पार्टीले परिवर्तनकारी शक्तिहरुसँग तालमेल गर्ने बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘परिवर्तनकारी शक्तिहरु, संघीयता पक्षधरहरुसँगमात्रै हाम्रो पार्टीले चुनावी तालमेल गर्छ, संघीयताविरोधीहरुसँग हामी तालमेल गर्दैनौं।’

शर्माका अनुसार पार्टीले कांग्रेस, एमाले, राजपा लगायत अन्य दलहरुसँगपनि आवश्यकत्ता र अनुकुलता अनुसार तालमेल गर्ने तयारी गरेको छ। २ नम्बर प्रदेशमा आफ्नो पार्टी पहिलो हुने उनको दाबी थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले थपे,‘हामी २ नम्बर प्रदेशमा पहिलो हुने भनेर नै लागिरहेका छौं, मधेश र मधेशी जनताको मित्र शक्ति नै हाम्रो पार्टी हो।’

त्यस्तै उनले तराईमा बाढि पीडितहरुलाई राहत वितरण गर्दा बास्तविक पीडितहरुलाई दिनुपर्ने धारणा राखे । उनले भने,‘पीडितहरुलाई राहत दिनुपर्छ, अहिले भोटको लागि वितरण गरिएको भन्ने कुरा जो उठेको छ, त्यस्तो गरिनुहुँदैन्।’

 



प्रतिक्रिया दिनुहोस्