Logo

‘अग्निदहन’ले कुप्रथाको अन्त्यगर्न सहयोग गर्छः राष्ट्रपति भण्डारी



काठमाडौं, १५ भदौ । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली कथानक चलचित्र ‘अग्निदहन’ले समाजलाई रुपान्तरणगर्न मद्दत पर्याउन विश्वास व्यक्त गरेकी छन ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण अभियान नेपालको पर्दामा निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘अग्निदहन’ को पहिलो शो को दृश्य अवलोकन पछि राष्ट्रपती भण्डारीले यस्तो बताएकी हुन ।

सय जनाको उपस्थिति रहेको हलमा दर्शक दिर्घामा रहेर चलचित्र हरेकी भण्डारीले बालमनोविज्ञानको असरले कुप्रथाको जन्महुने समेत जिकिर गरिन ।

उनले भनिन,‘हामीले यस चलचित्रमा पनि देख्यौ, हिजोका दिनमा स्वयम भोग्यौ,वालमनोविज्ञानले भविष्यमा नकारात्मक असर गर्छ, बालबालिकालाई कस्तो प्रकारको शिक्षा दिने, सिप सिकाउने, समाज कसता कुराहरु सुनाउने भन्ने कुरामा समाजका प्रतिष्ठित व्यक्तिले ध्यान दिनुपर्छ, यस चलचित्रको विषय वस्तु नै मन परेर मैले पुरै हर्ने मनसाय बनाएकी हुँ।’

राष्ट्रपति भण्डारीले अघि थपिन्,‘तराई मधेशमा बोक्सिको आरोपमा अमानविय घटना घटेको समयमा त्यहाँ जनप्रतिनिधि समेत गम्भिर नभएको भेटेकि छु, नाम लिदा पनि फरक नपर्ने हो तर म त्यस्ता मानिसको नाम लिन चाहन्न, समग्रमा यस चलिचित्रको विषय बस्तु, कलाकारको अभिनय र निर्देशन अति राम्रो छ।’

उनले भनिन्,‘बरु यो विषय तराई मेधेशको भएकाले त्यहाँको भाषा जस्तै मैथली, भोजपुरी भाषामा अलचित्र निमार्ण गरेर यस्ता सन्देश प्रवाह गर्दा अझै राम्रो हुने थियो, अर्को कुरा नेपालबाट सति प्रथा हटे जस्तै बोक्सि प्रथा हट्नको लागि १५ वर्ष समय लगाउनु हुँदैन, हामी सबैले यसको बारेमा प्रचार प्रसार गर्नुपर्छ, चाँडै यो कुप्रथाको अन्त्य हुन्छ।’

शितल निवास राष्ट्रपति भवनको मिनि हलमा प्रदर्शन गरिएको चलचित्र ‘अग्निदहन’ले नेपाली समाज विशेषगरि तराई मधेशमा कुप्रथाको रुपमा रहेको बोस्सि प्रथालाई अन्त्यगर्न र समाजलाई रुपान्तरणगर्ने उद्देश्यले तयार पारेकोमा चलचित्र निमार्ण पक्षलाई राष्ट्रपति भण्डारीले धन्यवाद प्रकट गरेकी छन् । यस चलचित्रका निर्देश घनश्याम लामिछाने,कथाकार लोकमणि पौडेल, संरक्षकमा भुवनश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहेका छन् ।

कोविदशरण उपाध्यायको प्रस्तुतिमा बनेको उक्त चलचित्रमा कलाकाहरु अनुपमा भण्डारी, तलुसी जिसि, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, ताराबहादुर गुरुङ, विष्णु बास्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुङगाना, सरलाकुमारी पाण्डे,विजय राई, प्रसिना आचार्य, कमला कुँवर, सन्ध्या आचार्य, धर्मेन्द्र पौडेल, गोविन्द पौडेल, कृष्णबहादुर कुँवर, डा. निर्मल लामिछाने, डा. दमन पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=15kMkBcUomI&feature=youtu.be

 

 



प्रतिक्रिया दिनुहोस्