Logo

साताको पहिलो दिन नै शेयर बजारमा पहिरो, डाउनफल कायमै



भदौ १८, काठमाण्डौ । नेपाल स्टक एक्चेन्जमा आइतबार पनि भारी गिरावट आएको छ । पछिल्ला दिनमा निरन्तर गिरावट आएको शेयर बजारमा आज पनि १८ दशमलब ३३ अंकले गिरावट आएको छ । क वर्गका कम्पनीहको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेर ३३१ दशमलब ३२ अंकमा पुगेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स ३ दशमलब ६६ अंकले घटेको हो ।

१ सय ६० कम्पनीका १५ लाख ७२ हजार ३२ कित्ता शेयर ८४ करोड ९१ लाख १५ हजार ३ सय १९ रुपैयाँमा खरिदविक्री भए । आइतबार कारोबार भएका ८ समुहमध्ये सबै समुहको परिसुचक ओरालो लागेको छ । बैँकिङ समुह १६.५, होटल समुह ११.१३, विकास बैँक २४.६६, जलविद्युत् १७.३१, फाइनान्स १०.२३, बिमा समुह १४७ दशमलब १, उत्पादन तथा प्रशोधन समुह १.४१ र अन्य समुह १.७४ अंकले घटेको छ ।



प्रतिक्रिया दिनुहोस्