Logo

सत्तामा रहेर देश विगार्नेमा सबैभन्दा धेरै भूमिका नेपाली कांग्रेसको : सुवास नेम्वाङ



भदौ २०, काठमाण्डौ । नेकपा एमालेले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवारको टुङ्गो लागिसकेको नेता सुवास नेम्वाङले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता नेम्वाङले केही अपवादका ठाउँबाहेक सबै ठाउँमा उम्मेदवार चयन भइसकेको दाबी गरे । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आज सबै तहको उम्मेदवारको टुङ्गो लगाउने बताए । धनुषा जिल्लाका उपमहानर र नगरपालिका, केही गाउँपालिकाको उम्मेदवार तय गर्न बाँकी रहेको नेम्वाङले जानकारी दिएका छन् ।

प्रदेश नम्बर २ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस भएको नेम्वाङले बताएका छन् । नेपाली कांग्रेसका नेताहरुले प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्छौँ भनेर दाबी गरेको उल्लेख गर्दै नेता नेम्वाङले भने, “हामी पहिलो पार्टी बनिसकेको छौँ । २ नम्बरमा पनि बन्छौँ ।”
“त्यसैले हाम्रो तालमेल नेपाली कांग्रेसँग हुन सक्दैन । कांग्रेसबाहेकका दलसँग चुनावी तालमेल हुन्छ ।” नेम्बाङले भने ।
नेकपा माओवादी केन्द्र, राजपा लगायतका दलसँग भने चुनावी तालमेल हुने नेम्वाङले बताए । राजपाले एमालेसँग तालमेल नगर्ने भनेको छ नि भन्ने प्रश्नमा नेम्वाङले हिजो चुनावमा नै सहभागि हुन्न भन्ने दलले अहिले चुनावमा आएका छन् । यही महत्वपूर्ण रहेको बताए । सैद्धान्तिक रुपमा मुख्य प्रतिस्पर्धीबाहेकका दलसँग तालमेल गर्ने नेम्वाङले बताए ।

सत्तामा रहेर देश विगार्नेमा सबैभन्दा धेरै भूमिका नेपाली कांग्रेसको रहेको नेम्वाङले आरोप लगाएका छन् । त्यसैले कांग्रेससँग मिल्न नसक्ने तर्क नेम्वाङले गरे ।
संविधान संशोधन नभएका कारण मधेशी जनता रुष्ट भएको भन्ने कुराको खण्डन गर्दै नेम्वाङले भनेका छन्, “तराई मधेशका १२ जिल्लामा हामी पहिलो पार्टी भयौँ ।” प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो ठूलो दल बन्ने दाबी गरेका छन् ।

एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वका सरकारले अहिलेसम्म सबैभन्दा राम्रो काम गरेको नेम्वाङको जिकिर छ ।
निर्वाचनको मिति घोषणा गर्ने जिम्मा निर्वाचन आयोगलाई दिनुपर्ने तर्क नेम्वाङले गरेका छन् ।
एमालेले पहिला पनि प्रत्यक्ष निर्वाचन प्रणाली चाहेको र त्यो एजेण्डा अहिले पनि नछोडेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्