Logo

एमालेलाई मधेशमा पत्तासाफ गर्नुपर्छ : माओवादी नेता यादव



जनकपुर, २२ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एशोसियसनको कार्यालयमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन : दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै उनले थपे,‘एमाले मधेश विरोधी पार्टी हो, मधेशी जनतालाई अधिकारसम्पन्न बनाउन उसले कहिल्यैपनि चाहेको देखिएन्, अहिलेपनि संविधान संशोधनको विरोधमा एमाले उभिएको छ।’

क्लब शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै यादवले एमालेलाई जनताले किन मत हाल्ने भन्दै प्रश्न समेत उठाए । उनले भने,‘एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ, जनताले एमालेलाई राम्रोसँग चिनेका छन्।’

एमाले संघीयता, गणतन्त्र लगायत परिवर्तनको विरोधी भएको समेत उनको आरोप थियो । उनले मधेश र मधेशी जनताको अधिकारको लागि सबैभन्दा धेरै लड्ने र एजेण्डा बोक्ने पार्टी नै आफ्नो पार्टी भएको समेत जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्