Logo

प्रधानसेनापति क्षत्री भेटवार्तामा व्यस्त



काठमाडौँ, २२ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विभिन्न मित्रराष्ट्रहरुका सेना प्रमुख लगायत उच्च सैनिक अधिकारीसँग सामुहिक तथा छुट्टाछुट्टै भेटघाट गर्नुका साथै द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र क्यानेडियन फोर्सको संयुक्त तत्वावधानमा क्यानाडाको भिक्टोरियामा भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुका सुरक्षा प्रमुखहरुको बार्षिक सम्मेलनमा भाग लिन उहाँ त्यहाँ पुग्नुभएको हो ।

प्रधानसेनापति क्षत्री यही भदौ १९ देखि २१ गतेसम्म भएको सम्मेलनका क्रममा अतिवादी हिंसा नियन्त्रण र शान्ति स्थापनामा सहयोगसम्बन्धी विषयको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा उहाँले विभिन्न मित्रराष्ट्रहरुका सेना प्रमुखलगायत उच्च सैनिक अधिकारीसँग सामूहिक तथा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रधानसेनापति क्षत्री सो सम्मेलन सम्पन्न गरी संयुक्त अरब इमिरेट्स (युएई) का सुरक्षा बलका प्रमुखको औपचारिक निमन्त्रणामा आज युएईतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्री भदौ २७ गतेसम्म युएईको औपचारिक भ्रमण सम्पन्न गरी भदौ २८ गते स्वदेश फर्कनुहुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्