Logo

जनकपुुरस्थित् नेपाल सार्वजनिक पुस्ताकालयको स्तरोन्नतीको सहयोग गर्ने धमलाको प्रतिबद्धता



जनकपुर, २२ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले जनकपुर उपमहानगरपालिकाको गंगासागर ०४ स्थित् नेपाल सार्वजनिक पुस्ताकालयको स्तरोन्नतीको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

रिपोर्टर्स क्लब जनकपुर शाखाले बिहीबार प्रदेश नम्बर २ को निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको विशेष साक्षात्कारको लागि जनकपुर पुगेका धमलाले उक्त अवसरमा पुस्ताकालयको अवलोकन गरेका हुन् ।

उक्त पुस्ताकालयका अधिकारीहरुले धमलालाई आग्रह गरेपछि उनी त्यहाँ पुगेका थिए । पुस्ताकालयको अवस्था चिन्ताजनक रहेको देखेपछि धमलाले यसको स्तरोन्नती र आधुनिक पुस्ताकालयको

लागि आफूले सकेको सहयोग गर्ने वचन दिएका थिए ।
उक्त पुस्ताकालय वि.सं. २०१२ मा स्थापना भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्