Logo

मंसिरमा निर्वाचन हुन नसके सवैधानिक संकट उत्पन्न: नेता पुन



पाल्पा, २३ भदौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रिय सभा सम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ । राष्ट्रिय सभा सम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।

प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्