भदौ २६, काठमाण्डौ । चुनाव लक्षित कार्यक्रम लिएर प्रदेश नम्बर २ पुगेका ऋषि धमलाको लोकप्रियता देखेर मधेश केन्द्रित दलका नेताहरु चकित परेका छन् । चुनावलाई प्रभावकारी बनाउन र जनताको मत नेतासमक्ष पु¥याउने उद्देश्यले मधेश पुगेका पत्रकार धमलाको पक्षमा जनमत उलिएको देखेर नेताहरु अश्चर्यमा परेका छन् ।
प्रदेश नम्बर २ का अधिकांश स्थानीय तहमा पुगेका धमलाको हरेक कार्यक्रममा सर्वसाधारणको सहभागिता उल्लेख्य देखेपछि संघीय समाजवाद फोरमका अध्यक्ष उपेन्द्र यादवले धमलालाई राजनीतिमा आउन सुझाब नै दिएका छन् । मधेशमा धमलाको लोकप्रियता प्रत्यक्ष देखपछि यादवले प्रश्न गरे, “राजनीतिमा आउनुपर्ने मान्छे किन पत्रकारितामा ?”
त्यसो त धमलाप्रतिको आकर्षण राजनीति गतिविधीका कारण नभै रेडियो कार्यक्रम नेपाली बहसमा जनताको पक्षमा बारम्बार विषयवस्तु उठान गरेकाले हो । नेपालकै सबैभन्दा धेरै जनाताले सुन्ने कार्यक्रमको रुपमा स्थापित भएको नेपाली बहसमा जनताको समस्या समाधानका लागि राज्यका निकाय तथा दलका नेताहरुलाई दबाब दिइने भएकाले जनताले मन पराएको धमला स्यम्को अनुभव छ ।
रेडियोका अतिरिक्त विभिन्न टेलिभिजनमा समेत धमलाले जनपक्षिय कार्यक्रम प्रस्तुत गर्ने भएकाले उनी लोकप्रिय बन्दै गएका हुन् ।
फोरमका अध्यक्ष यादवले मधेश क्षेत्रमा राजनीति गरेर जनताको सेवा गर्न धमलालाई सुझाब दिएका हुन् । यस्तै नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि मधेश क्षेत्रका समस्या उजागर गर्नका लागि खटिएका धमलाको प्रशंसा गरेका छन् ।