Logo

थाइल्याण्डमाथि नेपालको शानदार जित



काठमाडौं, २६ भदौ । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।

नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो ।

नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।



प्रतिक्रिया दिनुहोस्