Logo

सिंचाई मन्त्री गौतमद्वारा बाढी प्रभावित विभिन्न आयोजनाहरुको निरीक्षण



विराटनगर (मोरंग), २६ भदौ । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले गत साउन महिनामा आएको बाढीबाट प्रभावित मोरंग र सुनसरी का विभिन्न सिंचाई आयोजनाको निरीक्षण गरेका छन् ।

शनिवार मोरङ् आइपुग्नुभएका मन्त्री गौतमले मानगढको सिंगीया खोला, बुढीगंगा, भुडेरी नहर, इटहरी उपमहानगरपालिकाको खनारस्थित टेङ्रा नहर, इटहरी उपमहानगरपालिका ३ स्थित फोकल्याण्ड टापु, सुन्दरहरैचा नगरपालिका ७ सोरङ्को गाछिया खोला, वडा नं ५ मा पर्ने बुढी खोला सेराका सिंचाई आयोजनाहरुकोे अवलोकन भ्रमण गरी बिग्रेभत्केका संरचनाहरुको तत्काल मर्मत संभार र पुनर्निर्माण गर्न निर्देशन दिएका थिए ।

मोरङ् र सुनसरीका डुबान प्रभावित क्षेत्रहरुको अवलोकन गर्नुभएका मन्त्री गौतमले सुन्दर हरैचा वडा नं ३ को गर्दिया पुल, रतुवामाई ९ को इटहरा–जयनहर सडक खण्ड, हसनदह–जयनगर सडकको पनि अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री गौतमका साथमा मन्त्रालयका सचिव रामानन्द यादव, सिचाई विभागका डि जि असोक सिँहका साथै जल उत्पन्न विभाग प्रमूख मधूकर राज भण्डारि र विराटनगर सिंचाई र जलउत्पन्न प्रकोप कार्यालयका प्रमुख सहित जिल्लाका प्रशासकीय र सुरक्षा निकायका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त निरिक्षणको क्रममा मन्त्री गौतमले तत्तकाल गर्न सकिने र दिर्घकालिन समाधानका लागि नितीगत रुपमा नै कार्यक्रम ल्याई अगाडि बढ्ने जानकारि गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्