Logo

सर्वोच्चद्वारा सिलवालको रिट खारेज



काठमाडौं, २७ भदौ। आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत पुगेका थिए ।

सर्बोच्चले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्