Logo

प्रधानमन्त्री देउवाको सय दिन सफल भएको छ : श्यामकुमार श्रेष्ठ, गृहराज्यमन्त्री



प्रधानमनत्री शेरबहादुर देउवाका सय दिन पुगेको छ, यो अवस्थामा वर्तमान सरकार सफल कि असफल ?

सफल भएको छ ।

कसरी सफल मान्ने ? यसका आधारहरु के–के छन् ?

कानुनको कार्यान्वयन गर्नु आजको आवश्यकत्ता हो । तत्कालिन समयको सरकारले स्थानीय तहको निर्वाचन गर्ने कामलाई अघि बढाउनु भयो । अब २ नम्बर प्रदेशको निर्वाचन बाँकि छ । यहाँसम्म आउदा वर्तमान सरकार निर्भिकताको साथ लागेको छ।

भष्ट्राचार, बेतिथि र लथालिङग छ, यस्तो अवस्थामा जनताले के पाए त ?

मुलुकमा ठुला आन्दोलन भयो । त्यसपछि आजको समयलाई संक्रमणकाल भनिएको छ। अबको काम भनेको निर्वाचन गरेर तपाईले भनेजस्तै सबै समस्याहरुको समाधान गर्नु हो ।

सरकारले भुकम्प पीडितको लागि केही गरेको छैन् भन्ने अहिलेपनि आम जनताको गुनासो छ ?

बाढि पहिरो र भूकम्पको बारेमा सरकारले केही गरेको छैन् भन्ने कुरामा मेरो सहमति छैन् । सरकारले काम गरिरहेको छ। समस्या समाधानको लागि सरकार प्रयत्नशील छ । बाढि पहिरो र भुकम्पबाट १७ लाख जनता प्रत्यक्ष प्रभावित छन् । डुवान क्षेत्रका जनताको ठुलो क्षति भएको छ। त्यो सबै डाटा कलेक्शन भएको छ। जनतालाई खान बस्न र जन जीवनलाई सहज बनाउनको लागि सरकार कटिवद्ध छ ।

सरकारले काम गरेको भन्नुहुन्छ, तर जनताले राहत नपाएको गुनासो गरिरहेका छन् नि ?

सरकारले जुन कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसैअुनरुप काम गरिरहेको छ। कुनै समस्याहरु तत्काल समाधान नहुने खालका हुन्छन् । भुकम्प, बाढि पहिरो र डुबानले दुःखमा पारेका सबै जनताको बारेमा हामीले निरन्तर जानकारी लिने र समस्याहरुमा परेका जनताको राहत उद्धार गर्ने काम गरिरहेका छौँ।

निर्वाचनको मुखमा आएर सांसदहरुको लागि भनेर १० अर्ब बाडदै हुनुहुन्छ नि ? यस्तो विबाधित र जनताले नचाहेको काममा सरकार किन यस्तो गर्दैछ ?

यो बेकार हल्ला गरिएको कुरा हो । सत्य होईन ।

निर्वाचन आयुक्तले प्रधानमन्त्री र मन्त्रीहरुले सबैभन्दा आचारसंहिता उल्लंघन गरेको तर कार्वाही गर्न नमिल्ने बताउनुभएको छ नि ?

होईन। घरभित्र बसेपछि मात्रै आचारसंहिता लागु गरेको मान्ने नत्र भने उल्लङ्घन गरेको मानिन्छ र ? घर भन्दा बाहिर निस्किदा बित्तिकै निर्वाचन आचारसंहीता विपरित काम गरेको भन्ने कुरा जहाँसम्म राम्रो होईन। सरकारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको छ।

सरकारले शक्तिको दुरुपयोग गरेको आरोप छ नि ?

राज्यको जिम्मेवारीको आधारमा काम गर्नुपर्ने हुन्छ। त्यसलाई नै आचारसंहिता विपरित काम गरेको हो भन्नु उचित होईन। सबै पक्षले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन आचारसंहिताको कुरा आजभोलि जुन तरिकाले प्रचार गरिदँैछ । त्यो सही होईन । एक जना सांसदले सबै भत्कायो भनेर प्रचार गर्नु बेकार हो।

आर्थिक हिनामिना गर्ने काममा नेता नै अघि देखिएका छन् नि ?

कुनैपनि हालतमा यो काम हुनुहुँदैन । निर्वाचनको पूर्वाधारको लागि पठाउने आर्थिक शक्ति कतै पनि दुरुपयोग हुँदैन।

प्रदेश नम्बर निर्वाचनको लागि सुरक्षाको तयारी कस्तो छ ?

सुरक्षाको तयार व्यापक छ। राम्रो छ। सकारले आफ्नो भूमिका कुनैपनि हालतमा बाँकि राख्दैन । सुरक्षा दिने र निर्वाचनलाई सफल बनाउने काम सरकारको हो ।

द्धन्द पीडित परिवारको बारेमा सरकारले केही सोचेको छैन ?

द्धन्द पीडितलाई राहत उपलब्ध गराउने सन्दर्भमा सरकार गम्भिर छ। यी समस्यालाई समाधान गर्नको लागि सत्य निरुपण आयोगले आफ्ना कामहरु गरिहरको छ। केही अपवादका रुपमा जुन समस्या आएका छन् । यर्थात पीडितले राहत पाउने कुरामा दुईमत छैन् । प्राविधिक रुपमा केही राहत पाउन नसकेको स्थिति होला ।

हिजो मात्रै तपाईले पीडित परिवारको ज्ञापन पत्र बुझ्नुभयो नि ?

हो, मैले उहाँहरुको कुरा बुझेको छु । केही समस्या नभएर सडकमा आउने स्थिति हुँदैन। उहाँका माग र राहतको बारेमा सरकार माग र राहतको बारेमा सरकार गम्भिर छ ।

 



प्रतिक्रिया दिनुहोस्