Logo

प्रधानमन्त्री देउवाद्धारा पर्साको उद्योगपति व्यवसायीहरुसँग भेटवार्ता, मेयर द्धिवेदीलाई सहयोग गर्न आग्रह



बारा, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पर्साका उद्योगी व्यवसायीहरुस्ँग सामूहिक भेटवार्ता गरेका छन् ।

सिमरास्थित् होटल ईच्छामा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले वीरगन्ज महानगरपालिकाका कांग्रेसका मेयरका उम्मेद्धवार अजय द्धिवेदीलाई जिताउन आग्रह गरेका थिए ।

देउवाले उद्योगपत्तिहरुलाई आफू बास बसेको होटलमा बोलाएर भोट माँगेका हुन् । भेटवार्तामा उद्योगपतिहरु क्रमशः ओमप्रकार शर्मा, अशोक बैद्य र सांसद अनिल रुगाटा र मेयरका उम्मेद्धवार अजय द्धिवेदी थिए ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा उद्योगपतिहरुले समस्याहरु राखेका थिए । उनीहरुले त्यहाँ हाल देखिएका समस्याका बारेमा बोलेका थिए । तर प्रधानमन्त्री देउवाले आफू समस्या समाधानको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको वचन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्