Logo

एनआरएनएको केन्द्रीय अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने



काठमाडौँ, ३० भदौ । गैर-आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले शनिवार उम्मेदवारी घोषणा गर्ने बताईएको छ ।

दुई कार्यकाल उपाध्यक्षको पद समालेका भट्टले आगामी कार्यकालका लागि प्रमुख पदका आकांक्षी बनेका छन् । एनआरएनएको आठौ विश्व सम्मेलन काठमाडौंमा २८ असोज देखि ३१ असोजसम्म हुँदैछ ।

दुई वर्षे कार्यकाल रहेको एनआरएनमा यस अघि वर्तमान अध्यक्ष शेष घलेलाई सर्मथन गरी भट्टले उपाध्यक्षमा कार्यकाल दोहोर्याएका थिए ।

भट्टले एक कार्यकाल संघको कोषाध्यक्ष रहेर पनि काम गरेका थिए । व्यवसायिक समूह टिबिआईका प्रमुख रहेका भट्टको सञ्चार क्षेत्रमा पनि लगानी छ ।

भट्ट सरकारले खारेज गर्ने मनशाय बनाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका पूर्व अध्यक्ष पनि हुन् । काठमाडौँ हेटौडा सुरुङ मार्ग निर्माण गर्ने जिम्मेवारी लिएको उक्त कम्पनीमा भट्टको लगानी छ ।



प्रतिक्रिया दिनुहोस्