Logo

दशैँमा बाडिएका नयाँ नोटको सुरक्षा कसले गर्ने ?



भदौ ३१, काठमाण्डौ । दशैँका लागि हरेक वर्ष राष्ट्रबैँकले नयाँ नोट वितरण गर्ने गरेको छ । सर्वसाधारणले जति महत्वको साथ नयाँ नोट साँट्ने गर्छन्, त्यति नै महत्वका साथ जतन भने गर्दैनन् । नोटको जतन गर्ने विषयमा नियमको व्यवस्था नहुँदा राष्ट्रबैँको आग्रह नै नोटको सुरक्षाको उपाय बन्दै आएको छ ।

नयाँ नोट त साटियो अब यसको जतनले चलाउनु मुख्य कुरा हो । दशैको अवसरमा मात्र हरेक वर्ष अरर्बौँ रुपैयाँ बराबरको नयाँ नोट राष्ट्र बैंकले विभिन्न बैक तथा वित्तिय संस्थाको मातहतमा रहेर सर्वसाधारणमा वितरण गर्ने गर्दछ । दशैंतिहार र छठका लागि राष्ट्र बैंकले यो वर्ष मात्र १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट नोट बजारमा पठाएको छ ।

अबौं खर्च गरेर वितरणमा गरिएका नयाँ नोट दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा तथा चार्डपर्वको सपयमा खेलिने जुवा तास मा कुच्याउने गर्दा पनि नोट फोहोर हुने र च्यातिने गर्दछ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ । खासगरी दशैंतिहार र छठ जस्ता चाडका बेला नेपालमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् ।

यसरी चाडबाडमा चलनचल्तीमा आएका नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या धेरै नै हुने गर्दछ । र विभिन्न बैंकहरुले नोट वितरण गर्दा नोटको बिटामा नै स्टिज लगाइदिने हुदाँ नोटमा नोक्सानी हुने गरको थियो । राष्ट्रको डुकुटीबाट नयाँ नोटको लागि मात्र अबौं खर्च हुने गर्दछ । नोट भनेको देशको ईज्जत हो । तर नेपालमा नोटको सुरक्षाका लागि प्रभावकारी नीति नहुँदा नोटको प्रयोग जथाभावी हुने गरेको छ ।

जनताको भुक्तानीलाई सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकबाट छापिंदै आएका नोटहरुमा वर्षौ अघिदेखि जथाभाथी रुपमा केरमेट गर्ने, च्यात्ने, स्टिच लगाउने प्रचलन आज पनि कायम छ । राष्ट्रबैँकले नोटको जतनका साथ प्रयोग गर्न आग्रह गरे पनि नोटको प्रयोग जथाभावी रुपमा गर्नेका लागि कुनै पनि कानुनी व्यवस्था गरेको छैन । नेपाल राष्ट्रबैँक अन्तरगत नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार नोटको सुरक्षा गर्नका लागि प्रभावकारी नियमको खाँचो छ ।
नोटहरुको सरदर आयु साढे ३ वर्षमात्रै हो । कार्ड र चेकको प्रयोग बढाउने हो भने नोटको आयु ५ देखि १० वर्षको हुन्छ । तर नोटको सुरक्षा राम्रोसँग नहुदाँ समय नै नपुगि नोटहरु नस्ट हुने गर्दछ । सफा नोटको नीति लिएको राष्ट्र बैंकले यसअघि नै पटकपटक बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइसकेको छ ।

जसअनुसार चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ । र, त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट पार्छ । नोट जलाएर नष्ट गर्नुभन्दा नोटको सुरक्षणको लागि प्रभाकारी नियम र सर्वसाधारणमा नोट सुरक्षा सम्बन्धी जनचेतना फैलाउने हो भने नयाँ नोटको लागि मात्र देशको अर्बौ रुपैयाँ खर्च गर्नु पर्ने स्थितीमा कमी आउने थियो ।



प्रतिक्रिया दिनुहोस्