कमिशनतन्त्र र नेपालको दुर्दशा
नारायण गिरी : जे हुन नपर्ने हो त्यही हुने, जुन हुन पर्ने हो त्यो हुदै नहुने मुलुककारुपमा चिनिदै आएको देश हाम्रै नेपाल हो । नेता तथा मन्त्रीकै कारण अहिले चर्चामा ठुला ठुला अनियमितता आयल निगम देखी अख्तियार सम्मका भ्रष्टा«चार र कमिसनका कुरा छ्यालब्याल भईरहेको अवस्थामा पुनः अर्का मन्त्री यै मौकामा चौका हान्न कस्सीएका छन् । नागरीक उड्डयनका महानिर्देशक जसले भने जसो नगरे पछि हटाउन भनेर त्यो पनि स्पटिकरणको वहानामा ।
अन्तर्राट्रिय नागरीक उड्डयन संगठन (आईकाओ) गंभिर सुरक्षा चासो (एसएससी) सूचिवाट नेपाललाई हटाउन सक्रियतापुर्वक पहल गरेका महानिर्देशक सन्जीव गौतमलाई बुधवार तीन दिन भित्र जवाफ दिन निमित्त पर्यटन सचिव सुरेश आचार्यले ११ वटा विषयमा स्पष्टीकरण सोधे । चार बर्षका लागि गौतम २७ महिना अघि मात्र नियुक्त भएका भए पनि उपप्रधानमन्त्री विजय गच्छदारको दबाबमा पर्यटनमन्त्री जितेन्द्रनारायण देवले सुनसरी स्थीत धरान विमानस्थल वनाउने नाममा केही ब्यक्तिको जग्गा नकिने पछि यो घोटला घटना बाहिरीयो । ११ बुदे स्पष्टिकरणको बहानामा प्रधिकरणको भक्तपुरको जग्गाको सुरक्षा नगरेको, भैरहवा विमान स्थल तिव्र गतिमा निर्माण नगरेको, स्पेनी ठेकेदारको लगायत अनावश्यक प्रश्न राखेर मन्त्री देवले मधेशको चुनावी प्रचार प्रसारकै विचवाट काठमाण्डौ आएर सो निर्णय गरी उहि दिन फर्किनु संयोग मात्र मान्न सकिदैन ।
माथीको दृष्टान्तले सजिलै अनुमान लगाउन सकिन्छ की मधेशमा अहिले चलिरहेको चुनावी उभार सके स्थानीय निकायको नभए मंसिरको चुनाव र ती पाटिका ब्यक्ति केन्द्रित छ भनेर । आयल निगमको जग्गा खरिद काण्ड यस्तै विचमा बाहिरीएको भए अर्बौको भष्टाचार हुने थिएन्, सांसदको नीतिगत भ्रष्टाचार अथवा लाज पचायर पेन्सन सम्मको कुरो सुरु हुनासाथ जनताले थाहा पाए जसका कारण सवैले खवरदारी गरे, भ्रष्टचारीले चुनाव लड्न पाउने कुरा पनि यस्तै ब्यापक आलोचना पछि कांग्रेस पछि हट्यो । त्यसैले सहि सुचना सहि समयमा जनताले थाहा पाएमा खवरदारी मात्र हैन पहरेदारी पनि गर्छन भन्नेकुरा डा. गोविन्द के.सी.को आन्दोलनले पनि देखाई सकेको छ । चोर बाटो वाट जनताका आखा छलेर अपराध गर्न थालिएको छ भने अब असल शासन स्थापनार्थ सचेत तप्का अगाडी सर्नै पर्ने बेला आएको छ ।
नेपालमा जुन मान्छे लोकप्रिय छन् वा केही गरौ भन्ने मान्यता राख्दछन् तिनले कहिल्यै साथ पाउदैनन् त्यो कुरा निश्चित हो चाहे राजनैतिक होस वा सामाजिक क्षेत्रका । पछिल्लो उदाहरण डा. के.सी. को आन्दोलन तुहाउन कति सड्यन्त्र भैरहेछ ? पुर्व प्रधानन्यायधिस शुशीला कार्की विरुद्धको महाअभियोग हेर्नुहोस जालो काहा सम्मको रैछ । त्यस्तै विद्युत प्राधिकरणका कुलमान घिसिंङको सिफएल चिम हुदै नागरीक उड्डयन प्राधिकरणका संजय गौतम सम्म यो प्रवृत्ति दोहोरिएको छ । तत्कालीन हिसावले उहाहरुको पद प्रतिष्ठा र सेवा सुविधासंग जोडिएला तर हाम्रो सामाजिक, आर्थिक र राजनीतिमा कस्तो संस्कार निर्माण हुदैछ भन्ने कुरा चुनौतिकासाथ सचेत नागरीकको सामु उभिएको छ ।
यो अवस्थामा सचेत नागरिक जो पाटिका झोले मात्र हैनौ हामी पनि मान्छे हौ, हाम्रो पनि छुट्टै क्षमता र हैसियत छ भनेर गलत कुरा गलत र सहि कुरा सहि छ भनेर किन खवरदारी गर्न नसक्ने ? सवाल कुनै व्यक्ति र संस्थाको मात्र हैन सवाल राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको हो । आज संजिव गौतम, घिसिङहरु लखेटियलान् तर दुष्ट राजनैतिक संस्कार अन्त्य गर्न सोच्नै पर्ने बेला आएको छ र जितेन्द्र देव जस्ता स्वार्थी नेतृत्व तिरस्कार गर्दै कर्तब्यनिष्ट व्यक्तिहरुको पक्षमा उभिनै पर्ने संस्कारको निर्माण गर्न जुट्न अब ढीला भै सक्यो ।