Logo

सुट बैँक एण्ड फेशन डिजाइनले ल्यायो दशैँ तिहार र छठ लक्षित विशेष छुटको व्यवस्था



असोज ४, काठमाण्डौ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा रहेको सुट बैँक एण्ड फेशन डिजाइनले दशैँ तिहार लक्षित विशेष छुटको प्याकेज ल्याएको छ । दशै, तिहार तथा छठको अवसरमा ग्राहकवर्गहरुमा शुभकामनासहित छुटको व्यवस्था गरेको हो ।


सुट, पाइन्ट, दौरा सुरुवाल, रेडिमेड सर्ट लगायतका पोषाकमा सुट बैँक एण्ड फेशन डिजाइनले १० देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको संचालक भोजराज सिवाले जानकारी दिए । २० वर्षअगाडिदेखि सेवा प्रदान गर्दै आएको शुट बैँकले अल्लोबाट बनेका कपडाको कोट, ढाकाका कपडा लगायतका गुणस्तरीय कपडा विक्रि गर्दै आएको छ । जाडो मौसमका लागि उपयोगि हुने विभिन्न प्रकारका कोटसमेत सुट बैँकले उपलब्ध गराउने छ ।

ढाका र अल्लो नेपाली उत्पादन भएकाले ग्राहकको आकर्षण बढ्ने सिवाको विश्वास छ । अल्लोबाट बनेको कपडा अर्गानिक भएकाले यसको महत्व निकै धेरै भएको सिवाको दाबी छ । ठूला ठूला नेतादेखि विदेशी पर्यटकले अल्लोबाट बनेको कपडा प्रयोग गर्ने गरेको सिवाको अनुभव छ ।
अन्य सुट लगायतका कपडाहरु इटालीयन, रेमण्ड, डिक्ज्याम, सिआराम लगायतका विश्वस्तरीय ब्राण्डका कपडा सुट बैँकमा उपलब्ध हुने संचालक सिवाले जानकारी दिए । सुट बैँकले बैँकक, हङकङ लगायतका देशबाट ब्राण्डेड कपडा आयात गर्दै आएको छ । 

चाडपर्वका बेला ग्राहकहरुले अन्य समयमा भन्दा बढि खर्च गर्ने र लत्ता कपडा किन्ने रहर सबैलाई हुने भएकाले छुटको व्यवस्था गरिएको संचालका सिवाले बताएका छन् । 

सुट बैँकले विगत वर्षहरुमा पनि चाडपर्व लक्षित छुटको व्यवस्था गर्दै आएको थियो । यस पटकको छुट लागु भइसकेको र सिमित अवधिका लागि मात्र छुट दिइने संचालक सिवाले बताएका छन् ।
सुट बैँकले न्युनतम ८ हजार रुपैयाँदेखि अधिकतम ३५ हजार रुपैयाँसम्मका सुट विक्रि गर्दै आएको छ । त्यस्तै, अल्लोबाट बनेको कोट ७ हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने सिवाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्