Logo

भोट मात्र दिने तर कुनै पनि स्वार्थ लिन नखोज्ने कार्यकर्ता कांग्रेसमा मात्रै छन्



असोज ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसले आन्तरिक रुपमा उम्मेदवार व्यवस्थित गर्न सकेको भए प्रदेश नम्बर २ को चुनावमा अपेक्षाभन्दा बढि राम्रो नतिजा आउने बताएका छन् । आन्तरिक द्धन्द्ध नभए पनि सही उम्मेदवार छनौटमा कांग्रेस चुकेको भण्डारीको तर्क छ ।
“कांग्रेस २ नम्बर प्रदेशमा ठूलो पार्टी हुँदाहुँदै पनि नतिजा भने कमजोर आउने सम्भावना छ ।” भण्डारीले भने ।
कांग्रेसमा व्यवस्थापन र कार्यदक्षताको कमजोरी रहेको भण्डारीले बताएका छन् । नेपाली कांग्रेसका कार्यकर्ता जस्तो अरु दुनियामा नदेखेको बताउँदै भण्डारीले कुनै माग नराखी पार्टीका लागि योगदान दिएको बताए । “द्धन्द्धका बेला कांग्रेसका कार्यकर्ता मारिए, विस्थापित भए, दुःख पाए । त्यस्तो बेलामा पनि कार्यकर्ताले नेतालाई दुःख दिएनन् ।” भण्डारीको भनाई छ ।
कांग्रेसलाई भोट मात्र दिने तर कुनै पनि स्वार्थ लिन नखोज्ने कार्यकर्ता विश्वमा कही पनि नहुने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्