Logo

आचारसंहिता विपरित मन्त्रीमण्डल विस्तारबारे जवाफ कुर्दै निर्वाचन आयोग



असोज ४, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आचारसंहिताको मर्मविपरित मन्त्रीपरिषद विस्तार भएकोमा आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रवक्ता ढकालले सरकार विस्तारको निर्णय सच्याउन सरकारलाई आग्रह गरिएको बताए ।
आयोगले गरेको आग्रहको जवाफ सरकारले दिने अपेक्षा गरेकोसमेत ढकालले बताएका छन् । आयोगको आग्रह सरकारले नमाने पनि अरु कुनै ठोस कदम भने चाल्न नसकिने उनको भनाई छ ।

“संवैधानिक निकायले यस्ता विषयमा आग्रह गर्ने हो । यो एउटा लोकतान्त्रिक पद्धति र विधिको कुरा पनि हो । निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनुपर्छ भन्ने कुरा हो । त्यसो भएकाले संवैधानिक निकायले आग्रह नै गर्ने हो । बाँकी कुरा सरकारको विषय हो ।” प्रवक्ता ढकालल भने ।

निर्वाच आचारसंहिताको पालना गर्नु सरकारको कर्तव्य भएको स्मरण गराउँदै ढकालले आचारसंहिता लागु भएपछि मन्त्रीपरिषद विस्तार हुनुहुँदैन भन्ने मान्यतामा आयोग दृढ रहेको जिकिर गरे ।
आचारसंहिता र आयोगको आग्रह विपरित सरकारले पटक पटक मन्त्रीमण्डल विस्तार गर्नुले नकरात्मक सन्देश जाने ढकालको तर्क छ ।
प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन उत्साहपूर्वक सफल भएको प्रवक्ता ढकालले बताए ।
सबै ठाउँको मतपरिणामा सार्वजनिक हुन ५ दिन लाग्ने ढकालले बताएका छन् । सबै राजनीतिक दलहरुले सहयोग गरेको खण्डमा वा मतगणनामा कुनै बाधा नपुगेको खण्डमा ५ दिनभित्र मतगणना सकिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्