Logo

पत्रकार धमला एकाबिहानै झाडु लिएर निस्किएपछि….(फोटोफिचर)



काठमाडौं, ४ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् पत्रकार ऋषि धमला एकाबिहानै आज झाडु लिएर भुकुटिमण्डपमा निस्किएपछि धेरै आश्चर्यमा परे । प्रायः पत्रकारितामा नै व्यस्त रहने धमला बुधबार विहान रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय परिसरमा एकाबिहानै झाडु लिएर सडक सफा गर्न जुटे, देख्नेहरु एकछिन् आश्चर्यमा नै परेका थिए ।

हो, धमला आज समाज कल्याण परिषदको आयोजनामा काठमाडौंको भृकुटिमण्डप परिसरभित्र सरसफाई कार्यक्रममा सहभागी भएका थिए । परिषदले ३८ औं सामाजिक सेवा दिवसको पूर्वसन्ध्यामा आज उक्त सरसफाई कार्यक्रम राखेको थियो । जसअन्र्तगत आज त्रिदेवी मन्दिर, परिसर र भृकुटिमण्डपमा सरसफाईमा सम्बन्धित निकायका अधिकारीहरु जुटेका थिए ।

सरसफाईमा जुटेका धमलाले संक्षिप्त सम्बोधन गर्दै सरसफाईको महत्वबारे प्रकाश पारेका थिए । उनले मानव जीवनमा सरसफाईको ठूलो महत्व भएको उल्लेख गर्दै यो अभियानलाई आफ्नो घरबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी ओली, परिषदका अधिकृत रमेश अर्याल र भृकुटिमण्डपका प्रहरी ईन्चार्ज प्रहरी सहायक निरिक्षक हरिबहादुर खत्री लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।

तस्विर : अमृत खतिवडा (रिपोर्टर्स नेपाल डटकम)/ www.reportersnepal.com



प्रतिक्रिया दिनुहोस्