Logo

विचलित नहुन कार्यकर्तासँग राप्रपा अध्यक्ष थापाको आग्रह



हेटौँडा, ४ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरुले निर्वाचनका बेला गरेका आचारसंहिता उल्लंघनबाट मुलुकमा संकट निम्तिने आशंका व्यक्त गर्नुभएको छ ।

वडादशैँका अवसरमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले हिन्दू धर्मको पुनःस्थापना र संवैधानिक राजसंस्थासहित प्रजातन्त्रका पक्षमा आफ्नो पार्टीको अडान यथावत रहेको बताउँदै त्यसबाट विचलित नहुन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य दीपकबहादुर सिंह, मधु अधिकारी र सांसद गणेश थापाले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै केन्द्रीय संसद् र प्रदेशको निर्वाचन सम्पन्न गराउन सरकार र निर्वाचन आयोगसँग आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्