Logo

तस्करको सुनमा व्यवसायी संलग्न भएको पुष्टी, पाँच जना सुन ब्यवसायी पक्राउ



असोज ५, काठमाण्ठौ । ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन ब्यवसायी पक्राउ गरेका छन् ।
काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, नरदेवीसिथ्त राविश्याम टे«डर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पलका नन्दकुमार मर्गलेलाई सामेबार पक्राउ गरिएको हो ।
रविश्याम टे«डर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा पक्राउ परेका थिए ।
२०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए ।
उनी त्यतिवेला ११ लाख रुपैयाँ बाकेर अवैध सुन किन्न पुगेका थिए । यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्