Logo

ऋषि धमला र सत्यनारायण मण्डलबिच चर्काचर्की, एकले अर्कोलाई यस्तो आरोप



असोज ६, काठमाण्डौ । नेकपा एमालेका नेता सत्यनारायण मण्डलले प्रदेश नम्बर २ का जनताले दिएको मतलाई एमालेले स्विकार गर्ने बताएका छन् । “जनताले पाचौँ नम्बरमा पु¥याए भने पनि हाम्रो के लाग्छ र ?” नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मण्डलले भने ।
“जनताको निर्णय हो मधेशमा । पाचाँैँ या सातौँ । सबैभन्दा ठूलो कुरा त एमालेले सबै ठाउँमा उम्मेदवार बनाउन सक्यो ।” मण्डलले भने ।
एमालेका नेताहरुले बारम्बार प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्छौँ भने पनि प्रारम्भिक नतिजा एमालेका नेताहरुले भनेअनुसार नहुने देखिएको छ । यससम्बन्धमा प्रश्न गरेपछि मण्डलले भनेका छन्, “सारा गठबन्धन गरेका छन् । संघिय समाजवादी फोरम, राजपा, माओवादी, कांग्रेस मिलेका छन् ।”
रातदिन भोज भतेर गरेर र अरबौँ रुपैयाँ बाँडेर अन्य दलले मत ल्याएको आरोप मण्डलले लगाएका छन् ।  एमालेले पनि पैसा त खर्च ग¥यो होला नि भन्ने प्रश्नमा मण्डलको जवाफ यस्तो थियो, “तपाईले दिनुभएको थियो ?”
एमाले आफैँ धनी छ नि भनेर धमलाले प्रतिक्रिया दिएपछि मण्डलले भने, “यो ऋषि धमलाको मान्यता हो । एमाले कसरी गुज्रिरहेको छ, त्यो मलाई थाहा छ ।”
भारतमा प्रतिबन्धित भारतीय १ हजारको नोट चुनावका बेला सप्तरीमा बाँडिएको आरोपसमेत मण्डलले लगाए ।

नेपालको राष्ट्रियताको सवालमा कहिल्यै राम्रो कुरा नगरेको आरोप मण्डलले ऋषि धमलालाई लगाउनसमेत भ्याए ।  जवाफमा धमलाले तपाईभन्दा म बढि राष्ट्रवादी हुँ भन्दै कसैलाई गाली गरेर मात्रै कोही राष्ट्रवादी बन्दैन भनेर धमलाले मण्डललाई सम्झाउने प्रयास गरेका थिए ।
त्यसपछि मण्डलले चुनावमा एमालेले हार्दैमा कुचोले बढारेजस्तो नुहेन तर्क गरेर राष्ट्रियताको बहसबाट पछि हटेका थिए ।

यद्यपी मण्डलले पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई राष्ट्रघाती प्रधानमन्त्रीको आरोप लगाएका छन् । बहसको विषयवस्तुभन्दा बाहिर गएर मण्डलले कुरा गर्न थालेपछि धमलाले पुनः सम्झाउँदै जमिनको धरातलमा बसेर कुरा गर्न आग्रह गरेका थिए ।

त्यसपछिको बहसमा धमला र मण्डलबिच मधेशको बारेमा कसको विचार राम्रो भन्ने होडबाजी नै चल्यो । मण्डलले मधेशको मुद्दाप्रति धमलाको दृष्टीकोण ठीक छैन भन्ने आरोप लगाएपछि धमलाले प्रतिवाद गर्दै सत्यनारायण मण्डलको भन्दा आफ्नो विचारलाई मधेशी जनताले स्विकार गरेको दाबी गरे ।

मण्डलले ऋषि धमलालाई आरोप लगाए, “तपाई जहिले पनि मधेशमा एमालेलाई खुल्याउन लागिपर्नुभएको छ ।”
धमला भारतको पक्षमा लागेर मधेशको वकालत गरेको आरोपसमेत लगाए । मधेशमा एमालेलाई हराउने खेल भारतकोसमेत चलखेल भएको तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्