Logo

शैक्षिक सुधारका लागि सरोकारवालाको दबाब, पढ्नका लागि विदेश पलायन रोक्नुपर्नेमा जोड



असोज ५, काठमाण्डौ । अभियान मल्टिमिडियाद्धारा प्रकाशित राष्ट्रिय पाक्षिक पत्रिका शैक्षिक अभियानले उत्कृष्ट शिक्षाकर्मी सम्मानका साथै दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विहिवार काठमाण्डौको कमलादीस्थित एक रेष्टुरेष्टमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थामा रही योगदान पु¥याएका पूर्व अध्यक्षहरुलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरिएको अभियान मल्टिमिडियाका अध्यक्ष मीन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा वर्तमान र समसामयिक शैक्षिक मुद्दाका विषयमा अन्तरक्रियासमेत गरिएको थियो । अन्तरक्रियामा सहभागि हुँदै पूर्व प्राध्यापक तथा हालका रक्षामन्त्री भिमसेनदास प्रधानले नेपालमा दिइने शिक्षा प्राविधिक र व्यवहारिक बनाउन खाँचो रहेको बताए ।
शिक्षा क्षेत्रमा पर्यप्त बजेट छूट्याउने भएता पनि गूणस्तरिय शिक्षाको विकास भने भएको पाइदैन । गूणस्तरिय शिक्षाको खोजिमा लाखौ यूवा शक्ती विदेश पलायन हूदै गएका छन । संघियतामा शिक्षा प्रणालिको विकास गर्दै नेपालमा शैक्षिक क्रान्ती ल्याउन जरुरी रहेको नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष राजेन्द्र बरालको भनाई थियो ।

सरकारी निकायले शैक्षिक सुधारका लागि विभिन्न समिति र अयोग बनाउने गरे पनि त्यो सबै राजनीतिक भागबण्डाका आधारमा बन्ने हुँदा प्रभावकारी नभएको बरालको आरोप छ ।
ठूलै रकम लगानी गर्न सक्ने विद्यार्थी पढ्नकै लागि विदेश जाने गरेका छन् । पढ्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्यका लागि शैक्षिक सुधार गर्नुपर्नेमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा सासंद रामहरी खतिवडाले नेपाललाई नै अन्तराष्ट्रिस्तरको शैक्षिक गन्तव्य बनाउन सकिने तर्क गर्दै त्यसका लागि शैक्षिक परामर्शदाता, सरकार लगायत सबै पक्षको सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ ईक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल र दिपक गुरुङ, अभिभावक संघ नेपालका पूर्व अध्यक्ष सुप्रभात भण्डारी, नायरका पूर्वअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, आइरिनका पूर्वअध्यक्ष उत्तम पन्त र नारायण बजाज, फेकनका पूर्वअध्यक्ष मानबहादुर राई, हिसान काठमाण्डौका पूर्वअध्यक्ष रामहरी सिलवाल, प्याब्सनका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसी र शिक्षा पत्रकार समुहका पूर्व अध्यक्ष तथा शिक्षा पत्रकार प्रकाश सिलवाललाई सम्मान गरिएको शैक्षिक अभियानका अध्यक्ष मीन अधिकारीले जानकारी दिए ।
त्यस्तै अवार्ड प्राप्त गर्ने संस्थाहरुमा आइइएलटिएसको भाषा परीक्षा गराउँदै आएको ब्रिटिस काउन्सिल, शैक्षिक लोनको व्यवस्था गर्ने एनआइसी एसिया बैँक, जापान पढ्न जाने विद्यार्थीका लागि भाषा परीक्षामा योगदान गर्ने एमबिएस नेपाल, विद्यालय तहका विद्यार्थीलाई अनुशासन शिक्षा सफल रुपमा दिन सफल नेशनल मोर्डल साइन्स स्कुल रहेका छन् ।
विगत लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको प्रोफेसनल एजुकेशनल कन्सल्टेन्सीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै गीतकार कृष्णहरी बराल र संगितकार बसन्त सापकोटालाई मायाको चिनो प्रदान गरियो ।
सोही कार्यक्रममा अभियान मल्टीमिडियाले निर्माण गरेको वैदेशिक अध्ययनमा जाने विद्यार्थी लक्षित चेतनामूलक गीतको भिडियो सार्वजनिक गरिएको थियो । त्यस्तै अभियान मल्टीमिडियाले अखबारपोष्ट डटकम नाममा अनलाइन समाचार पोर्टलको पनि आजैदेखि शुभारम्भ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्