Logo

सन्दिपको तारिफ गर्दै क्लार्कले भने : यु आर अ लिटल च्याम्पियन



काठमाडौं, ६ असोज । अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको प्रशंसा गरेका छन् ।

सन्दिप लामिछानेले ट्वीटरमा अष्ट्रेलियामा खेलेको क्षणलाई सम्झँदै क्लार्कलाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए । सन्दिपले ट्वीटरमा लेखेका थिए, ‘अष्ट्रेलियामा खेल्ने अवसर प्रदान गरेकोमा माइकल क्लार्कलाई धन्यवाद । एक वर्ष पूरा भैसकेछ तर ती क्षणहरु ताजै छन् ।’ माइकल क्लार्कले सन्दिपको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘तिमी लिटल च्याम्पियन हौ साथी । तिमीलाई सधैँ स्वागत छ ।’

हङकङमा भएको टि –२० ब्लिट्ज क्रिकेट प्रतियोगितामा सन्दिप र क्लार्कले एउटै क्लब कव्लु केटनबाट खेलेका थिए । त्यसै प्रतियोगितामा सन्दिपको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले सन्दिपलाई प्रशिक्षणका लागि अष्ट्रलिया गएका थिए । सन्दिपले माइकल क्लार्कको टिम वेस्टर्न सवअब्र्सबाट सिड्नी प्रिमियर क्रिकेट लिग खेलेका थिए । उनले त्यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्