Logo

रिडि रुद्रवेणी वामीटक्सार अन्र्तगतको दहरेखोलामा सडकखण्ड खुल्यो



कौरव खत्री : गुल्मी ७ आश्विन । गुल्मीको रिडि रुद्रवेणी वामीटक्सार अन्र्तगतको सडकखण्ड हिजो साँझबाट खुरेको छ ।

सत्यवति गाँउपालिका ६ को उर्लिखोलामा अविरल बर्षाले गर्दा दहरेखोलाले झण्डै ३० मिटर सडकखण्ड बगाएर अवरुद्ध बनेको मोटरवाटो हिजो दिनभर डोजर लगाएर बाटो निर्माण गरेपछि साँझबाट सडकखण्ड सुचारु गरिएको सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

जिल्लाको अति व्यस्त मानिने सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएपछि वीच बाटोमै अलपत्र परेका गुल्मी तथा मध्यपहाडी अन्र्तगतको बाग्लुङ्गका विभिन्न स्थानसम्म पुग्ने सवारी साधनहरु बस,जीप,ट्रक लगायत हजारौ यात्रुहरु मोटरबाटो खुलेपछि हिजो साझँदेखि नै आ–आफ्ना गन्तव्यमा लागेका थिए ।

जिल्लाको अति व्यस्त मानिने रिडि रुद्रवेणी वामीटक्सार अन्र्तगतको दहरेखोलाले सडकखण्ड बगाउने हुदा निकै ठूलो क्षेती पु¥याउदै आइरहेको अब दहरे खोलाको बैकल्पिक मार्गका बारेमा आफूहरुले सोचिरहेको गाँउपालिका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

यता अध्यक्ष ढकालले भन्नुभयो , दहरेखोलामा ठूलो लगानी गरिए पनि भरपर्दो सडक बन्न नसक्दा रिडि रुद्रवेणी वामीटक्सार अन्र्तगतका गुल्मी तथा मध्यपहाडी अन्र्तगतको बाग्लुङ्गका विभिन्न स्थानसम्म पुग्ने सवारी साधनहरु बस,जीप,ट्रक लगायत हजारौ यात्रुहरुले निकै समस्या भोग्दै आइरहेको उचित समयमै आफूहरु यसको भरपर्दो र दिगो सडकखण्ड निर्माणका बारेमा सोच बनाइरहेका बताउनु भयो । तश्वीर : कौरव खत्री



प्रतिक्रिया दिनुहोस्