Logo

रोजगारीमूलक शिक्षा दिनुहोस् : श्रमराज्यमन्त्री



दाङ, ७ असोज  :श्रम राज्यमन्त्री डिल्ली चौधरीले अबको शिक्षा रोजगारीमूलक हुनुपर्ने बताउनुभएको छ ।

नेपाल शिक्षक संघ दाङले आज आयोजना गरेको कार्यक्रममा उहाँले विभिन्न विद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा दिएर दक्षजनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीको सिर्जना गर्ने तर्फ शिक्षा दिन शिक्षकलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्