Logo

संघीय निर्वाचनका लागि जर्मनीमा मतदान जारी



बर्लिन, ८ असोज । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् ।

मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ ।

जर्मन चान्सलर एङ्गेला मर्केलको लागि लागि महवपूर्ण परीक्षणका रुपमा हेरिएको यस निर्वाचनमा उहाँले चौँथो कार्यकालका लागि उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनले मर्केलको दल क्रिश्चियन डेमोक्रेटिक यूनियन (सीडीयु) जर्मनीको संसद्मा सबभन्दा ठूलो दलका रुपमा रहन्छ वा अन्य कुनै शक्ति जर्मनीको राजनीतिमा हावी हुने हो जर्मनहरूले निकै व्यग्रताकासाथ हेरेका छन् ।

जर्मनीकै इतिहासमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मन संसद ‘बुन्डेसटाग’ मा सवैभन्दा बढी दलले प्रतिनिधित्व गर्नसक्ने अनुमान गरिएको छ । (रासस÷सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्