Logo

पूर्व पाख्रीबास कृषि केन्द्र मञ्चको साधारणसभा सम्पन्न



काठमाडौँ, ६ असोज (रासस) : धनकुटामा रहेको पाख्रीबास कृषि केन्द्र (पिएसी) मा काम गर्ने पूर्व अनुसन्धाता तथा कर्मचारीहरूको यहाँ सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले आउँदो ३ वर्षका लागि शिक्षासेवी निर्मला मोक्तानको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

केन्द्रको उपाध्यक्षमा पूर्ण चेम्जोङ, सचिवमा बिपुला बराल घिमिरे, सहसचिवमा तोया गौतम, कोषाध्यक्षमा शारदा न्यौपाने र सदस्यहरूमा ब्रह्मध्वज गुरुङ, शिरोमणि पोखरेल, शम्भु कटुवाल र लक्ष्मी उदास कार्की हुनुहुन्छ ।

२०६१ सालमा ‘पूर्व पाख्रीबास कृषि केन्द्र कर्मचारी संघ (एक्सप्याक फोरम) को रुपमा स्थापना भएको यस केन्द्रमा करिब सय जना सदस्य रहेका छन् । संस्थाले बेलाबेलामा ज्येष्ठ नागरिक, महिला समूह, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपद्पीडितहरूलाई सहयोग गर्दै आएको छ ।

कार्यक्रममा शकुन्तला न्यौपाने, बिपुला बराल घिमिरे, डा बलराम थापा, डा रमेशजंग खड्का, पूर्ण चेम्जोङ, ब्रह्मध्वज गुरुङ, पुरुषोत्तम खतिवडा, निर्मला मोक्तान, राममणि पौडेल, रवि चित्रकार, दुर्जमान तामाङ र प्रयासराज ओझा (किशोर) ले आआफ्ना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा २०७३ सालको एसइइ परीक्षामा विशिष्ठ श्रेणीमा उत्तीर्ण हुने समाजका सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्