Logo

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, दर्जन बढि पक्राउ (फाटोफिचर)



काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने १ दर्जन भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ।

संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको बुझिएको छ।

पक्राउ पर्नेमा शशि विक्रम कार्की, विशाल दाहाल, डा. जीवन क्षेत्री, नवराज थापा, पुकार बम, सस्मित पोखरेल, रविन्द्र बानिया, डा. अभिषेक सिंह, जगननाथ लामिछाने, लेनिन विष्ट र डा. कायस्प श्रेष्ठ छन्।

उक्त विधेयक संसदमा लगिएपछि डा. गोविन्द केसी पनि आजैबाट अनशन बस्ने घोषणा गरेका छन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्