Logo

संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थालेको भन्दै ओलीको गुनासो



भक्तपुर, असोज ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनीरुपमा संसदीय अभ्यासविपरीत अचेल विधेयक पारित हुन थालेको बताएका छन् ।

संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न माग गर्दै सोमबार आफ्नै निवास भक्तपुरको बालकोटमा ज्ञापनपत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग उनले यस्तो बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसदमा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताए ।

अध्यक्ष ओलीले संसद बैठकमा कोरम पुगोस् कि नपुगोस् यस विषयमा सवाल नै नगरिकन ताली पिटेर ऐन पारित गर्ने अभ्यास सुरु भएको बताए । संसदमा कतिपय कमजोरी भएको भन्दै अध्यक्ष ओलीले आफ्नै दलका सांसदले पनि विधेयकबारे आफूलाई गलत ‘ब्रिफिङ’ गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्