Logo

इङ्लिस प्रिमियर लिग : आर्सनलले वेष्ट ब्रोमलाई हरायो



काठमाडौं, १० असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे ।

जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्