Logo

ओपिडी टिकट निःशुल्क



पाँचथर, ११ असोज : जिल्ला अस्पताल पाँचथरमा ओपिडी टिकट निःशुल्क गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नगर परिषद्ले रु पाँच लाग्दै आएको टिकट निःशुल्क गर्ने निर्णय गरेको थियो । सोहि निर्णयानुसार आइतबारबाट टिकट निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।

टिकट निःशुल्क भएपछि सेवाग्राही हर्षित भएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्