Logo

अदालतबाटै भागेका अभियुक्त पक्राउ



बुटवल, १४ असोज (रासस) : अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर परियार दिउँसो परिसरबाटै फरार भएका थिए । उनी अदालतको शौचालय जाने बहानामा भागेको र बुटवलको हिलपार्क जंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

मानव बेचबिखनको अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि एकपटक पनि म्याद थप नभइसकेको अवस्थामा उनलाई बन्दी प्रत्यक्षीकरण रिटमा अदालत उभ्याइएको थियो ।—



प्रतिक्रिया दिनुहोस्