Logo

सिद्धबाबा सडक अवरुद्ध, यात्रु अलपत्र



रामपुर, पाल्पा, १४ असोज (रासस) : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो ।

शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

सडक माथिबाट ठूलाठूला चट्टासहितको पहिरो खसेकाले उद्धारमा कठिनाइ भएको छ । गएरातिदेखि नै पहिरो हटाउने कार्य भए पनि अहिलेसम्म सडक खुल्न सकेको छैन ।

पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्