Logo

सांसद भण्डारीद्धारा सिमान्तकृत बस्तीका बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण



कौरव खत्री : गुल्मी १५ असौज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता चन्द्र भण्डारीले दशै उपहार स्वरुप सिमान्तकृत समुदाय अन्तर्गतका बोटे माझी र कुमाल बालवालिकाहरु सामग्रीहरु वितरण गर्नु भएको छ ।

गुल्मी क्षेत्र नं. २ का सांसद समेत रहनुभएका नेता भण्डारीले आज गुल्मी दरवार गाँउ पालिका वडा नं. १ बलिथुममा रहेको माझी प्राथमिक विद्यालयमा अध्ययन गर्ने झण्डै १ सय,५० जना सिमान्तकृत बोटे माझी र कुमाल बालवालिकाहरुलाई दशैको टिका दक्षिणसँगै पोशाक,कपि,पेन लगायतका सामग्रीहरु वितरण गर्नु भएको छ ।

साथै नेता भण्डारीले विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल बालबालिकाहरुलाई खाजा,पोशाक,कपि,पेन लगायत आवश्यक लेखपढमा सामग्रीहरु सहयोगले बालवालिकाहरुको पढाई ठूलो सहयोग पुगेकोे विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीले जानकारी दिनुभयो ।

नेता भण्डारीले भन्नुभयो,आफूले राज्यबाट पाएको तलवले जिल्लाका विभिन्न स्थान र क्षेत्रमा छरिएर रहेका सिमान्तकृत समुदाय अन्र्तगतका बोटे माझी,कुमाल दलित विपन्न,असाय,गरिव बालवालिकाहरुको लागि अध्ययनमा आवश्यक पर्ने पोशाक,कपि,पेन लगायतका सामग्रीहरु सहयोग गदै आउनु भएको छ । तश्वीर ःकौरव खत्री



प्रतिक्रिया दिनुहोस्