Logo

साउदी अरेबियामा काम गर्दै आएका एक नेपालीको दुर्घटनामा परी मृत्यु



१६ असोज । साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको दुर्घटनामा परी मृत्यु भएको छ ।

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएका हुन् । मृतको शव स्वदेश ल्याउनका लागि पहल भइरहेको छ ।
मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्