Logo

चाडपर्वमा जुवा तास होइन, यसरी गरौँ सामाजिक सेवा : कैलालीका एक युवाको उदाहरणीय अभियान



असोज १६, काठमाण्डौ । कैलालीका एक युवाको पहलमा बाढी पीडितलाई राहत वितरण गरिएको छ । दशैका अवसरमा पीडितलाई राहत वितरण गरिएको हो । स्थानीय युवा केपी खनालको सक्रियतामा करिब १ लाख ५० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । खनालले समाजिक संजालमार्फत सहयोगको अपिल गरेर राहतस्वरुप रकम जम्मा गरिएको थियो ।

जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, लम्किचुहा नगरपालिका र महोन्याल गाउँपालिकाका करिब ३५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको खनालले जानकारी दिए । त्यस्तै १५ जना अनाथ बालबालिकालाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको छ ।


फेसबुकमार्फत सहयोगका लागि ४ दिन गरिएको आव्हनमा कोरिया, मलेसिया, भारतलगायतका देशमा रहेका नेपाली तथा विभिन्न संस्थाले सहयोग गरेका थिए ।
चाडपर्वका बेला जुवा, तास, रक्सी जस्ता फजुल खर्च गर्नुको साटो बाढी पीडितलाई राहत वितरण गर्न उचित ठानेर सानो अभियानमार्फत सहयोग जुटाइएको खनालको भनाई छ । पछिल्लो सयम युवावर्गहरु गलत बाटोमा लाग्ने संस्कृति बढ्दै गएकोप्रति चिन्ता गर्दै खनालले सामाजिक कामप्रति युवाहरुलाई आकर्षित गर्न सके विकृति र कुसंस्कार न्युनिकरण हुने बताए ।
पछिल्लो समय जुम्ला जिल्लामा खाद्यान्न अभाव भएकाले अब त्यस क्षेत्रमा पनि खाद्यान्न वितरणको अभियान सुरु गरिने खनालले जानकारी दिएका छन् ।
कुनै पनि दलमा आवद्ध नभै विशुद्ध समाजसेवाको उद्देश्यले सामाजिक काममा लागिएको खनालको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्