Logo

अन्ततः माओवादी केन्द्र एमालेको पोल्टामा, चुनावी तालमेलका लागि प्रचण्डसहितको समिति गठन



असोज १६, अगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय प्रतिनिधीसभाको चुनावमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । आज सम्पन्न माओवादी केन्द्रको केन्द्रिय सचिवालय बैठकले चुनावमा एमालेसँगको तालमेललाई पहिलो प्राथमिकतामा राखेको हो ।

एमालेसँगको तालमेलका लागि पहल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सम्मिलित समिति नै गठन गरिएको छ । विचार र सिद्धान्तका आधारमा अन्य दलसँगभन्दा एमालेसँग नै तालमेल गर्नुपर्ने आवाज पार्टीभित्र उठेपछि अध्यक्ष दाहालको संयोजकत्वमा समिति नै गठन गरिएको हो ।
अध्यक्ष दाहालसहित थापा र श्रेष्ठको टिमले चुनावी तालमेलको लागि एमालेसँग निर्णायक वार्ता गर्ने बताइएको छ ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । एमालेको निर्णय लगत्तै भएको माओवादी केन्द्रको यो निर्णय दुई पार्टीबीच तत्कालै पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ । एमाले र माओवादी केन्द्र यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।



प्रतिक्रिया दिनुहोस्