Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई अगाडि बढाइने : भट्टराई



काठमाडौं, १७ असोज । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भविष्यमा बहुमत मात्र नभई दुईतिहाई बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई अगाडि बढाइने बताएका छन् ।

देशभक्त र बामपन्थी शक्तिहरु एक ठाउँमा उभिँदा त्यो असम्भव नरहेको उनको जिकिर थियो । ‘यस्ता शक्तिहरु एक ठाउँमा उभिएर विकास र समृद्धिको उचाईमा मुलुकलाई पुर्‍याउने लक्ष्य हो, हाम्रो,’ उनले भने, ‘यो ऐतिहासिक परिघटना हो ।’  भविष्यमा अझ बृहत राजनीतिक ध्रुवीकरण गरिने उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले तीन दलबीच भएको सहमतिलाई निरन्तरतामा क्रम भङता र नेपाली इतिहासमा एतिहासिकको क्षण भएको बताएका छन ।

बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षीत नभएको पनि प्रष्ट पारेका छन ।

अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको पनि उनले बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’



प्रतिक्रिया दिनुहोस्