Logo

चार तेस्रो लिङ्गीसहित साढे दुई लाख मतदाता



पोखरा, १८ असोज : पाँच वटा स्थानीय तह रहेको कास्की जिल्लामा चार जना तेस्रो लिङ्गीसहित कूल दुई लाख ५५ हजार ४८१ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगका अनुसार पाँचवटै स्थानीय तहमा एक लाख १९ हजार ३०२ पुरुष, एक लाख ३६ हजार १७५ महिला र चार जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

भौतिक हिसाबले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा एक लाख ९१ हजार ७५०, माछापुच्छ्रे« गाउँपालिकामा १८ हजार ११, अन्नपूर्ण गाउँपालिकामा १७ हजार ६६७, मादी गाउँपालिकामा १५ हजार ८४३ र रुपा गाउँपालिकामा १२ हजार २१० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्