Logo

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



विराटनगर, १८ असोज : सुनसरीको इनरुवा नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

इनरुवा–डुम्राहास्थित भित्री सडकखण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरो नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा अस्पतालमा उपचारको क्रममा घाइते बालकको मृत्यु भएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्