काठमाडौं, १९ असोज । डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा केसीले बिहीबार अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल हातामा गरिएको यो उनको १३ औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्बाट पारित गर्न लागिएको भन्दै उनले १२ औं आमरण अनशन सुरु गरेका थिए ।
अनशन सुरू भएपछि संसद्बाट उक्त ऐन पारित नभएपछि दसैंलाई दृष्टिगत गर्दै डा केसीले अनशन स्थगित गरेका थिए ।