असोज २० । तुलनात्मक रुपमा निकै बलियो मानिएको अर्जेन्टिना रुस विश्वकपका लागि छनोट हुन नसक्ने स्थितीमा पुगेको छ । छनोटको सबै सम्भावना नसकिए पनि अन्ति खेल बाँकी रहँदासम्म लियोनल मेस्सीको अर्जेन्टिन संकटमा परेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेपनि मेसीको टोली संकटमा परेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जे्न्टिनालाई जित दिलान सकेनन् । दोस्रो हाफको सुरुमा नै उनको प्रहार पोलमा लागेर फर्किएको थियो ।
यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जे्न्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।
अर्जे्न्टिनाले अब छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ । अब विश्वकपमा छनोट हुन अर्जे्न्टिनाले यो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा पनि भर पर्नु पर्नेहुन्छ ।
यो समूहबाट ब्राजिलले रुसको टिकट पक्का गरिसकेो छ । दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक छ भने तेस्रो स्थानमा रहेको चिली र चौथो स्थानमा रहेको कोलम्बियाको समान २६ अंक छ ।
अन्तिम खेलमा उरुग्वेले बोलिभियासँग, चिलीले ब्राजिलसँग र कोलम्बियाले पेरुसँग खेल्नेछ । एक अंकले अर्जे्न्टिना भन्दा पछाडि रहेको पाराग्वेले भेनेजुएलाको सामना गर्नेछ ।