Logo

माओवादी केन्द्रद्वारा उम्मेदवार सिफारिस



पाल्पा, २१ असोज । नेकपा ९माओवादी केन्द्र० ले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाल्पा निर्वाचन क्षेत्र नं १ मा जीतबहादुर थापा र क्षेत्र नं २ मा वसन्त घर्ती मगरलाई सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा समानुपातिकतर्फ नेत्रप्रसाद पाण्डे, दलबहादुर राना, मीरा राना र खुमबहादुर विकको नाम सिफारिस भएको छ ।

पाल्पा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा प्रत्यक्षतर्फ यमबहादुर सुनार, जनक ढकाल र कमल भट्टराईको नाम सिफारिस भएको छ । प्रदेश नं २ मा विष्णु थापा र अर्जुन श्रेष्ठको नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला सदस्य रामबहादुर गरम्जाले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र १ मा प्रत्यक्षतर्फ तुलसा राना र नवीन थापाको नाम केन्द्रमा सिफारिस गरिएको छ । प्रदेश २ मा राजेन्द्र विक, चक्रब्यूह थापा र लीला कार्कीको नाम प्रत्यक्षमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेशसभाका लागि समानुपातिकमा गिरबहादुर थापा, रामबहादुर गरम्जा, दिलु लामा, लोकनाथ गौतम, वलु गैरे र शान्ता सारुको नाम सिफारिस गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्