Logo

ईलाममा खनाल र नेम्वाङ सर्वसम्मत



इलाम, २१ असोज । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा ९एमाले० इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो”, एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुनुहुन्छ । जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा शहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् ।

जिल्लास्थित एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका नेता कार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्