Logo

लोकतान्त्रिक गठबन्धनभित्र विवाद, कार्यदल बैठकले निष्कर्ष निकाल्न सकेन



नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र विवाद देखिएको छ । चुनावी तालमेलका लागि सिट बाँडफाँट गर्ने भन्दै आज बसेको गठबन्धन कार्यदलको बैठक विना निष्कर्ष सकिएको हो ।

गठबन्धनभित्र रहेका ६ वटा दलबीचमा कसले कति सिट लिने भन्नेमा कुरा नमिलेको हो । चुनावका लागि यसअघि नै तालमेलको सहमति गरेका संघीय समाजवादी फोरम र राजपाले मागेको सिट संख्या नेपाली कांग्रेसले दिन नसकेपछि निष्कर्षमा नपुगेको हो ।

फोरम र राजपालाई ४० सिटसम्म दिने कुरामा सहमति नजिक पुगे पनि अन्तिम टुङ्गो लाग्न नसकेको हो ।
यस्तै राप्रपा नेपाल र राप्रपा प्रवातान्त्रिकलाई १५ सिट दिने विषयमा छलफल भएको थियो । यसमा पनि कार्यदलले सहमति गर्न सकेन ।

सिट संख्यामा कार्यदलले टुङ्गो लगाउन नसकेपछि अब छ वटै दलका शीर्ष नेतालाई नै त्यसको जिम्मा दिने सहमति कार्यदलको बैठकले गरेको छ ।
आजको बैठकमा चुनावसँग सम्बन्धित न्युनतम साझा कार्यक्रमका बारेमा पनि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्