२० असोज, काठमाण्डौ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसहितका सना दल मिलेर बनेको गठबन्धनले चुनावी तालमेलका लागि सिट संख्या भागबण्डा मिलाएका छन् ।
यद्यपी शीर्ष नेताहरुको बैठकले कसलाई कति सिट दिने भन्ने टुङ्गो लगाउन बाँकी छ ।
एक नेताले दिएको जानकारी अनुसार वाम गठबन्धनमा साना दलहरु पनि समावेश भएपछि ठूला दलहरु नेकपा एमाले र माओवादी केन्द्रको झण्डै १०–१० सिट घट्ने भएको छ ।
साना दललाई दिनका लागि २० सिट छुट्टयाइएकाले ठूला दलको सिट घटेको हो । मंगलबारसम्मा कसलाई कति सिट संख्या दिने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।
कुन क्षेत्रमा कसले उम्मेदवारी दिने भन्नेसम्मका विषयलाई शीर्ष नेताले टुङ्गो लगाउनेछन् ।
वाम गठबन्धनले न्युनतम साझा कार्यक्रमलाई पनि अन्तिम रुपम दिने भएको छ । त्यस्तै साझा घोषणापत्र निर्माणको काम पनि तीब्र रुपमा भइरहेका छ ।
चुनाव चिन्ह सूर्य प्रयोग गर्ने विषयमा गठबन्धनमा सहभागि साना दलहरु सहमत भइसकेका छन् भने माओवादी केन्द्रले भने आफ्नै चिन्ह प्रयोग गर्ने भएको छ ।