Logo

विजयकुमार गच्छादार नेपाली कांग्रेसमा आउन चाहेको खण्डमा रेड कार्पेट विच्छाउन तयार



२३ असोज,काठमाण्डौ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले लोकतान्त्रिक गठबन्धनमा अन्य साना दलहरु पनि आउने तयारीमा रहेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै शिक्षा तथा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले चित्रबहादुर केसी नेतृत्वका राष्ट्रिय जनमोर्चा पनि लोकतान्त्रिक गठबन्धनमा सहभागि हुने तयारी गरेको दाबी गरे ।

गोपालमान श्रेष्ठ, नेपाली कांग्रेसका नेता/शिक्षा तथा उपप्रधानमन्त्री

चित्रबहादुर केसी, नारायणमान विजुक्छे र सिपी मैनाली लगायतका नेताहरुसँग गठबन्धन निर्माणका लागि छलफल भइरहेको श्रेष्ठको भनाई छ । अनुकुलता अनुसार जुन ठाउँमा जुन पार्टीको जनमत बलियो छ, सोही अनुसार सिट बाँडफाँट गरेर गठबन्धनमा सहभागि गराइने श्रेष्ठको भनाई छ । “अन्य दलहरुलाई चित्त बुझ्ने गरी सिट दिएर बाँकी रहेको नेपाली कांग्रेसले लिन्छ ।” श्रेष्ठले भने ।
केही ठाउँमा भने तालमेल नगरी कांग्रेसले एक्लै उम्मेदवार उठाउने जानकारी श्रेष्ठले दिए ।

वाम एकताबाट नेपाली कांग्रेस डराएको नभै अवसरको रुपमा लिएको जिकिर श्रेष्ठले गरेका छन् ।
लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छादार नेपाली कांग्रेसमा आउन चाहेको खण्डमा रेड कार्पेट विच्छाउन तयार रहेको श्रेष्ठले बताए । “विजयजी त आफ्नो पुरानो घरमा फर्कनुहुन्छ भने हामी वेलकम गरिहाल्छौँ नि ।” श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस्